सजाय

मानव जिवनमा यस्तो व्यक्ति सायद काँही पनि भेटिदैन जसले गल्ती जिवनभर एकपटक पनि गरेको छैन भन्ने ।  मेलै जिवनभर आजसम्म जिवनको यो मोड सम्म आईपुग्दा कुनै पनि गल्ती गरेको छैन भन्ने लाग्छ भने त्यो केबल तपाईहरुको एउटा भ्रम मात्र हो । यो भ्रमलाई तपाईहरु जो कोहिको मन मस्तिष्कबाट हटाउदा  उपयुक्त हुनेछ । यदि यो भ्रमलाई तपाईहरुको मन मस्तिष्कबाट हटाउन सक्नु भएन भने सम्झनुहोस् तपाई झन् ठुलो गल्ती दोहोर्‍याउदै हुनुहुन्छ र सजायको  परिणाम पनि ठुलै भोग्दै हुनुहुन्छ भन्ने मानसिकतालाई तयारी हालतमा राख्दा सायद खेर नजाला ।

गल्ती जसले जति खेर जुन अवस्थामा पनि गर्न सक्छ, न यसको सिमा हुन्छ, न यसको समय निर्धारण गरिएको हुन्छ, न आजसम्म विज्ञानले कुनै पनि तथ्य सहित पुष्टि गर्न नै सकेको छ । मात्र सबैलाई यति कुरा थाहा छ कि गल्ती कसैले जान्दा जान्दै भुलवस गर्न पुग्छ, भने कसैले अन्जानमा गर्न पुग्छ । गल्ती त भईनै हाल्छ जो कसैबाट तर यसको सजाय कसलाई दिने भन्ने कुरा हु्न्छ ? गल्ती म/हामी गर्नै सजाय अरुलाई दिने यो त हुनै सक्दैन तर भईदिन्छ यस्तै यस्तै कहिलेकाँही ।जस्तै कहिलेकाही  म/हामी  आफै गल्ती गरिरहेको हुन्छौँ तर रिसको आवेगमा  म/हामी गल्तीको सजाय अरुलाई दिईरहेका हुन्छौ । यस्तो गर्नु पनि एक प्रकारको अपराध हो किनकी विनागल्ती कसैले मानसिक शारिरीक वा सामाजिक रुपमा सजाय शिरोपर गरिरहनु पनि एक प्रकारको अपराध सो सहर नै हो । त्यसकारण आफुले गरेको गल्तीको सजाय अरुलाई दिनु कुनै पनि कोणबाट ठिक  हुदैन भन्ने मेरो मान्यता हो । आफ्नो सानो गल्तीको सजाय आफैले भोग्न नजान्दा र भोग्न तयार नहुदा सानो दुर्घटनाबाट ठुलो परिमाणको क्षति हुन सक्छ । त्यसैले आफुले गरेको गल्तीको सजाय आफै भोग्न तयार रहनुुुसु र सानो दुर्घटनाबाट हुने ठुलो परिमाणको क्षति हुनबाट बच्नुस् ।




(जनचेतनाका लागि साभार गरिएको)


 





0 Comments

"Education: The Most Powerful Weapon for Change"

"Education is more than just acquiring knowledge; it’s a powerful tool that can shape our future. It opens doors, empowers individuals, and drives positive change in the world. With education, we hold the key to unlocking potential and creating a brighter, more equitable society."