बेवारिसे लास
क्षितिजको अन्तिम विन्दुतिर पुगेको हुदो हो घाम । लगभग घामलाई नियाल्नै हो भने त्यति खेर झट्ट हेर्दा निभ्न लागेको मधुरो दियो जस्तै देखिन्थ्यो । बाख्राको स-साना पाठा पाठीहरु चरनमा गएको आफ्नो आमाको दिनभरको वियोगान्तको पर्खाईमा बुरुक् बुरुक उफ्रदै कान नै खाने गरी चिच्याईरहेको थियो । सायद उसको भाषा बुझ्न सकिन्थ्यो भने एउटा दुधे शिशुलाई घरैमा छाडेर मेला जादा जति उसको आमा स्तनपान देखि हर कुराले मेला भर छटपटाउछिन् त्यसै गरी छटपटाईरहेको थियो ती स-साना पाठा पाठीहरु पनि । कुखुराको पोथी माउ आफ्नो बचेराहरुलाई बासस्थान तर्फ डोर्याउँदै थियो। गोठमा भएको भैसी दुध दुहुने समय हुनै लागेर होला कराईरहेको थियो । भनौ त्यहाँ एक किसिमको हो-हल्लाको परिस्थिति सृजना भईरहेको थियो । तर उसलाई परिस्थितको सबै जानकार हुदा हुदै पनि चुपचाप बस्नु भन्दा उसँग अर्को विकल्प केहि थिएन । यस्तो अवस्थामा परिस्थितिसँग जुध्नुको साटो उ परिस्थितिको अगाडि लम्पसार परिरहेको थियो, पुरै शरीर नै सुम्पेर ।
विहानै सबेरै खाना नास्ता दिएर बजार झरेकी उ अहिले यति बेला सम्म फर्केकी छैन । अरु बेला त यति बेला सम्म हतार हतार गरेर आईसकेकी हुन्थी उ । आउने बित्तिकै अरु कुराको वास्त नै नगरी सोझै उहि विछ्याउनमा लास जस्तै लडिरहेको श्रीमान्को नजिक जान्थी र भन्थी । कति भोक लाग्यो होला हजुरलाई मैले हजुरलाई मन पर्ने खानेकुरा ल्याईदिएकी छु भन्देै खुवाउन तिर लाग्थी र त्यसपछि मात्र घरको काममा हात हाल्थिन् । आज त घाम डुब्नै लागिसक्को तर उ आउने कुनै छाँडकाटै छैन भनौ कुनै अत्तो पत्तो नै छैन । फोन गरेर कहा आईपुग्यौ भनेर सोध्न मन नभएको पनि होईन उसलाई । शिरानीको छेउमा भएको फोन उसको लागी पानी बराबर नै थियो । भएर पनि के नभएर पनि के । किनकी न उ कसैले गरेको फोन उठाउन सक्थ्यो नत कसैलाई फोन गर्न नै सक्थ्यो। कसैले गरेको फोन उठाउन र आफुले चाहेको मान्छेलाई फोन गर्न पनि त शरीरका अङ्गहरु चलायमान हुनुपर्छ नि । जुन मान्छेको शरीरको कुनै भाग नै चल्दैन भने उसले कसरी गर्न सक्छ फोन ? मनभरि अथाह चाहा हुदा हुदै पनि केहि गर्न सक्दैन उ । सायद यस्तै परिस्थितिलाई भनिदो हो जिउदो लास भनेर । अघि सम्म क्षितिजमा पुगेको घाम अहिले पुरै क्षितिजबाट बिदा भयो तर उसले आफ्नो श्रीमति आउने आशालाई बिदा दिन सकेको थिएन उसको मनबाट । बिहे हुन साथ उसको यो परिस्थिति नहुदो हो त श्रीमति नभए पनि उसको छोरा छोरी हुन सक्थ्यो केहि हदसम्म मनको घाउमा शितलता छर्ने । शरीरको केहि अङ्ग मात्र चलमायन हुन सक्थ्यो भने छोरा छोरीको जन्म हुने आश पनि कायम हुन सक्थ्यो । मान्छेले चाह्यो भने के हुन सक्दैन थोरै हलचल भएपनि पोखिएला जस्तो जवानीको राप तापलाई सम्हालेर राखेकी थिई उसकी श्रीमतिले केबल उसको लागि । समाज कै उदाहरणीय सरहानीय र प्रेरणाको स्रोत बनेकी थिई । बिहे हुन साथ श्रीमान्को त्यो अवस्था हुदा समाजको जो कोहीलाई पनि कुरा काट्ने माध्यम बनेको थियो । कि यो भर्खरै भरभराउदो प्वाख उम्रेर खुल्ला आकाशमा उड्नलाई तत्पर भएको चरी जस्तै के यो आईमाई जिउदो लास जस्तै श्रीमान्को अनुहार हेरेर जवानी सम्हालेर बस्न सक्ली त ? समाजले जे जस्तो कु-तर्क बितर्क गरेपनि त्यस्ता कुराको पुरै वेवास्ता गर्दै उसले आफ्नो पतित्व धर्म कहिल्यै पनि छोडिन । निरन्नतर आफ्नो श्रीमान्को सेवामा अनवरत रुपमा दिन रात नभनी अहोरात्र खटीरही बिना स्थार्थ । त्यसैले गर्दा त उसको प्राण आज सम्म छ नत्र भने उहिल्यै परलोक भईसकेको हुने थियो ।
अहिले त घाम मात्र होईन पुरै उज्यलोलाई अन्धाकारले ढाकिसक्यो कालो पत्थरको डाडोलाई सेताम्मै मनमोहक हिउले पुरै सेतो हुने गरी ढाके जसरी । अघिसम्म कराई रहेको भैसी, कुखुरा, बाख्राका पाठा पाठी खै थाकेर हुन की रात परेको अनुभुती गरेर हो कराउन छोडिसकेको थियो । अघिसम्म उसलाई त्यहि जनवारको आवाजले भएपनि साथ दिईरहेको थियो तर अब त्यो पनि बाँकी रहेन । साथ थियो त केबल सन्नाटा र कालो अध्यारो रातको । खाना पानीको त कुरा परै जाओस् उसको प्राण धान्ने औषधी सेवन समेत गर्न पाएको थिएन । अब विस्तारै धैर्यताको सिमाले सिमा नाघ्दै थियो उसको । मनमनै सोच्थ्यो उ की सायद राष्ट्रवादको नाममा मैले मेरो ज्यान नसुम्पेको भए आज यति दर्दनाक अवस्था भोग्नु पर्ने त थिएन । उसलाई यति बेला चिच्याउदै सबैले सुन्ने गरी प्रश्न सोध्न मन थियो की, राष्ट्रवादको नाममा मैले मेरो ज्यान जोखिममा मोले यसको बदला मैलै कै पाए? उहि एउटा सहानुभुति । ;सहानुभुति ले मात्र त जिन्दगी नचल्ने रहेछ । जिन्दगी चल्नलाई कि शरीरको अङ्ग चल्नु पर्यो कि त दिमाग । दुबै कुरामा उ असक्षम छ भने कसरी चल्छ त जिन्दगी उसको । उसले यहि जोखिमता वहन गर्नाले उसको कमाण्डर आज उच्च पदमा आशिन छ । अझ यो भन्दा उच्च पदमा पुग्नै बाँकि छ तर ठिक यसको विपरित जोखिमता बहन गर्नेको जिवन अझै कष्टकर हुनै बाँकी छ । भन्न त भनिन्छ राष्ट्रको लागि जसले विना स्वार्थ सेवा गर्छ र देशको लागि लड्छ भने त्यो व्यक्ति नै हो सच्चा राष्ट्रभक्त । तर यहा जतिसुकै संसार विर्साउने राष्ट्रभक्तको परिभाषा दिए पनि सवाल उसको छ जसले राष्ट्रको लागि ज्यानको आभुति दिए बदलामा जिउदो लास भई जिन्दगी कष्टकर तरिकाले बेतित गरिरहेको छ । १५ हजारको मासिक पेन्सन स्वरुप उपलब्ध हुने पेनसन पट्टाको सानो डायरी जस्तो बुक भन्दा उ सग केही छैन राष्ट्रले दिएको । भन्ने नै हो भने त्यो १५ हजारले उसको प्राण धान्ने औषधी समेत किन्न पुग्दैन ।
दुख्न बाँकी भएको त्यही एउटा टाउको थियो । त्यो पनि अछुतो रहेन उसलाई दुखाउन । कति बेला सोच्दा सोच्दै निदाए छ उसलाई नै थाहा भएन । जब उ निद्राबाट बिउझ्यो उसको बाँकी भएको आशा भरोसा सपना सदाका लागि निदाईसकेको थियो । अब कहिल्यै नउठ्ने गरेर, नबिउझने गरेर । खै मनमा के हावाहुरी चल्यो बजार गएकी उसकी श्रीमति कहिल्यै घर नफर्किने गरेर बजार हिडिछ । भन्र त नारी भित्र कोमल हृदयको खानी हुन्छ भन्छन् मान्छेहरु तर मान्छेहरुलाई के थाहा की त्यो कोमल हृदय भित्र पनि अर्को खानी हुन्छ कठोरपनको । जुन नारीको मन भित्र जाग्यो भने आगो नै नलागी डढेलो लगाउन सक्ने तागत हुन्छ । तहसनहस परेर खरानी बनाउन सक्ने सहस हुन्छ । बेला बेला अचानक समस्या पर्यो भने भिडियो कलबाट डक्टरलाई सोध्दै उसको ज्यान जोगाउन सकिन्छ भने हेयले एउटा एनड्रोयट फोन किनेको थिई । समस्या परे सोही अनुरुप नै काम नगरेको पनि हैन तर उसलाई के थाहा कि, त्यहि मोबाईल किनिदिनु भनेको आफ्नो श्रीमती अरुको हातमा सुम्पिनु हो भन्ने कुरा । समय बित्दै गयो उसको मनको वह बिस्तारै त्यहि डाक्टरले बुझ्दै गएको अनुभुति उसको श्रीमतिलाई हुदै गयो । डाक्टर सँग कुरा गर्न अब त उसलाई कुनै बाहाना नै चाहेन । त्यही माथि उसको श्रीमान् दिउसै कान नसुन्ने सुने पनि कम सुन्ने । जता जहाँ जे गर फोन मा नै कुरा गरी रहन्थी । एक दिन उसले नसोधेको पनि हैन को सँग बोलेको भनेर ? जवाफमा डाक्टर सँग तपाईको बारेमा सोधिरहेको हुन्छु भनिदिन्थी ।यो प्रश्नको उत्तरले उसको श्रीमान्को मन एक छिन भएपनि खुशीले सास फुल्थ्यो र मन फुरुङ्ग हुन्थ्यो । बेला बेलामा बजार झर्थी औषधि लिनका लागि तर यो त एउटा बाहाना मात्र रहेछ । दिनभर सान्सरिक संसारमा डुबेर उसको श्रीमान बाट पुरा हुन नसक्नै यौन प्यासको तिर्खा मेटाउने काम गर्न डाक्टरसँग पल्केकी रहिछ । सदा कै जसरी बजार झरेकी उ सदाका लागि त्यो घरको उकालो नउक्लने निर्णय गरेर झरेकी रहेछ ।
कठै उसको जिन्दगी न हिजाको दिनमा रमाउन सक्यो । गरीब परिवारमा जन्म लिनु उसको के दोष थियो र ? हिजाका दिन त्यही गरीबी सँग लड्दा लड्दै उसको खुशी खोसियो । आज गरीबाट उन्मुक्ति हुन सक्ने केही हाँगो मात्र के समाउन पाएको थियो दैवले पनि देखि सहन सकेन त्यो हाँगालाई । भाचिदियो, हाँगा सँगै शरीर भाचियो, मन भाचियो अहिले उ एउटा सुकेको ठुटो जस्तै भएको छ अस्तु सेलाउने मान्छे समेत छैन । सायद केहि दिनको सन्नाटाको कारण छिमेकीले थाहा पाउला र उसको अस्तुलाई सेलाउने काम होला । त्यहि एउटा छिमेक पनि नहुने थियो भने उसको मृत शरीरलाई सेलाउने काम कुनै कुनै मांशहरी जिव जन्तुले गर्थ्यो होला । जसले परिवारको खुशीको लागि आफ्नो ज्यानको बलिदान दियो आज उही यो धरतीलाई बिदाई गर्दै गर्दा उसको लास उठाउने समेत कोही भएन ।
0 Comments