खै जिन्दगी यसरी कतिन्जेल चल्छ खुशीका लहरहरु अब फर्केर कहिल्यै आउनेछैन । धोकेवाजको संज्ञा भन्दा कमी छैन मेरा लागि खुशी । अब जिन्दगीको सारथी भने कै यहि एउटा प्यारो अवहेलना बाँकी छ । जसले मेरो खुशी कतिखेर खोस्छ थाहा नै हुदैन । यो त घाम उदाउनु र अस्ताउनु नियमित पक्रिया भएको जस्तै भएको छ । झरी पर्नलाई पनि त बर्खासम्म कुर्नु पर्छ मौसमले म त मान्छे हु । तर न मौसमले झरीको लागी बर्ख कुरे जस्तो कुर्नु पर्छ। न त काफल पाक्यो भन्ने चरीलाई काफल पाक्यो भन्नलाई काफल पाक्ने वसन्तको समय नै कुर्नु पर्छ । मेरा लागि यो त एउटा प्राकृतिक विपत्ति जस्तै भएको छ । जहाँ जहिले जति खेर जस्तो सुकै ठाउ र परिस्थितिमा पनि आउन सक्छ मात्र विपद भोग्नलाई तयार रहनु भने जस्तै हो । आखाले आशुको साथ पाउन पनि त मनमा गहिरो चोट लाग्नु पर्छ । कि भने आँखालाई चोट लाग्नु पर्छ, तब मात्र त आखाले आसुको साथ पाउन सक्छ । जे होस् मनलाई चोट लाग्दा होस् वा स्वयम आँखालाई चोट लाग्दा होस् आखाले आशुको साथ केहि समयको लागि भए पनि त पायो तर म त मान्छे हु न त साथ पाउछु न त केहि ।
नाड्गो डाँडामाथि ठिङरिङ्ग ठडिएको बुढो रुख जस्तै भएको छु । क्षितिजको अन्तिम विन्दुबाट हेर्दा वरिपरि कुनै वोट विरुवा नभए जस्तै तर नजिकै पुगेर नियाल्दा पनि हुन्छ नै त्यस्तै । नाङ्गै एक्लो साहारा विहिन । मरेको लासले त घाटसम्म मलामीको साथ पाउछ तर म त मान्छे हुँ तर पनि म एक्लो छु । म चाहान्छु मेरो जिन्दगी र खुशी यस्तो होस् कि मरेपछि जसरी मुर्दालाई खरानी नहुदा सम्म कात्रोले साथ छोड्दैन त्यस्तै होस् तर हुन्छ र कहा त्यस्तो ? भईदिन्छ अर्कै विवाह बन्धनमा बाँधिएको एक वसन्त पनि पार गर्न नपाउदै एउटी नारीको सिउदोको सिन्दुर पुसिएर खुशी खोसिए जस्तै गरी । जिन्दगी हर बखत आशाको त्यान्द्रोमा झुन्डिएर बाँचिरहेको छ गलामा पासो लगाईएको छ । पासोलाई पनि त पासो नै लाग्नु पर्छ पहिला अरुलाई पासो लगाउन भन्दा पहिला । पासोले पासो पनि लगाउछ तर अन्तिम बिन्दु मेरो श्वास नलिसम्म त्यो पासो आईनपुग्दै फुकाईन्छन् । ती पासोको गाँठोहरु सायद मृत्युको मुखबाट म फर्के भन्छन् मान्छेहरु यस्तै त हुन्छ होला नी ? लज्जावती झार जस्तै भईदिन्छ खुशीका लहरहरु । टाढैबाट कसैको हावाको स्पर्शले चाउरी परेर खुम्चै जस्तै फेरी फक्रिन लाग्छ सिङ्गो रात । हो त्यस्तै लाग्छ मेरो जिन्दगीका खुशीका लहरहरु ।
आज सात वर्ष बितिसकेछ यसरी म सँगै दुश्मन बनेर बेतित गरीरहेको पनि यो खुशी । बरु दुश्मनले दया र मायाको भाव राख्नुपर्ने ठाउँमा राख्छ, खै कति धैरे निर्दयी भएको हो मेरा लागि यो खुशी । हुन त खुशी भन्ने चिज जिन्दगीको लागी एकछिनको ईन्देणी जस्तै हो जुन हर समय हर बखत देखा परिरहदैन । मन शान्त र सन्तुष्टी भयो भने न खुशी हुन सक्ने हो । छ यो मन नै यस्तै अस्थिर । मानव जातिलाई लाग्दो हो कुहु कुहु गर्ने कोईलीको कति मिठो स्वर छ भनेर तर खै कसले बुझेको छ र उसको विरहमा गाउने भाका पनि त्यही कुहु कुहु नै हो भनेर । न्याउलीको भाकालाई मात्र बुझिदिन्छ मान्छे विरहका भाका भनेर । आजसम्म त्यो कोईलीलाई कसैले अनुरोध गरेको छैन तिम्रो विरहमा गाउने भाका सुनाउ भनेर । यत्रतत्र छरिएका खुशीहरुलाई सकभर म सङगाल्दै हिडरहेको छु। खै खुशी राख्ने खल्ती नै भ्वाङ्ग परेको छ की वा अन्य कारणले हो । एकछिन पनि अडिन जानेन मेरो मनको गोजीमा यो खुशी। उतिखेरै खुशीको पोकोहरु कति भएछन् भनेर छाम्छु भेट्दिन केहि पनि ।भेट्छु त उहि पुरानो थोत्रो मैले पिडादायी मुस्कुराईरहेको च्यातिएको मनका गोजीहरु । गुनासो गर्छु म खुशी सँग ए खुशी तँ किन बस्न नमानेको मेरो गोजीमा? खुशी हाँस्दै भन्छे, जति जति तँ खुशीहरु टिप्दै तेरो मनको गोजीमा हालिरहेको हुन्छस् नी ।तेरो मनको गोजीलाई तेरै आफन्तहरुले कहिले अगाडी र कहिले पछाडी बाट छुरा रोपेर प्वाल पारिदिन्छ भन्छ, तेरो जिन्दगीमा त्यो खुशीलाई कहिल्यै पनि तेरो मनको गोजिमा रहन दिने छैन चाहे त्यो खुशी र मनको हत्या नै किन गर्न नपरोस् । भर्खरै भ्रुण भएर हुर्किदै गरेको खुशी त मन भित्रै जन्मिन नै नपाई भ्रुण हत्या गरिदिन्छ मान्छे यहाँ अरुको के कुरा गर्नु ?
0 Comments