सुन्दा विश्वास गर्न नसक्नुहोला तर वास्तविकता यहि हो । देशभरकै उत्कृष्ट नगरपालिका मध्येको एक हो निलकण्ठ नगरपालिका म पनि यसै नगरपालिकाको एक बासिन्दा हुँ । जति यो समाचार सुन्दा र पढ्दा मलाई गौरवन्दित महसुस हुनुपर्नै हो त्यो भन्दा बढि मलाई यो समाचार पढ्ने अवसर पाएकोमा पिडा महसुस भयो । सायद लेखकले लेखेको कलमको रफ्तारमा पनि हात्ती कुदिरहेको थियो कुनै वास्तविकता होईन भन्ने कुरामा मलाई कुनै दुई मत नै छैन । हुन त केहि आधारहरु थिए होलान् उत्कृष्ट हुनुमा काहि कतै भेटे पनि होलान् । खाली लेख्नेले सदरमुकाम वरिपरिका परिवर्न देखेको आधारमा लेखे देखाईदिनेले पनि त्यहि देखाईदिए । परिवर्तन देख्ने महोदयहरु परिवर्तन त्यहाँ होईन सदरमुकाम बाट १ कि.मि. परबाट हेर्न सकेको भए राम्रो हुन्थ्यो की ! मेलै कुनै ठुलो उदाहरण दिईरहनु आवश्यक नै पर्दैन मात्र मात्र तपाई कुनै सवारी साधनको यात्रामा निस्के पुग्छ । तपाईलाई सवारी साधनमा यात्रा गरेकोमा सहजता भन्दा बढी असहजताको महसुस बढी गर्नुहुन्छ । तेति बेला तपाईलाई पैदल यात्रा नगरेकोमा पछुतो हुन्छ ठुलो भुल गरेछु भन्ने महसुस हुन्छ । म र मेरो पुर्वको साथी नजिकैको राजधानी काठ्माण्डौबाट सँगै घरसम्मको यात्रामा निस्कियौ भने पूर्वको साथी छिटो घर पुग्छ भन्दा अपत्यारिलो लाग्न सक्छ तर वास्तविकता यही हो । तपाईहरुले सोचि सक्नु भयो होला धादिङ्ग देखि मेरो घर निकै टाढा रहेछ भनेर मात्र धादिङ्गको सदरमुकाम देखि १२ कि.मि. मात्र टाढा हो । प्रसंग अहिलेको हो मेलै बर्खायाममा हुने पिडाको त कुरै गरेको छैन । सडक छ
x
0 Comments