मन ?

जिवनलाई सहजता बनाउने निहुमा भित्र्याईरहेको आधुनिकतामा मृत्युको राजा यमराजको सङख्या त्यो भन्दा दोब्बर भित्र्याईरहेको छौ । हरेक मानवले एक पटक सोचौ त आधुनिकता भित्रिरहदा तपाई आफुलाई कति सहज महसुस गर्नु हुन्छ ? अरु कुरा छोडौ के तपाई आफ्नै घर परिवारका सदस्यहरुबाट नै सुरक्षित हुनुहुन्छ त ? पक्कै  पनि हुनुहुन्न किनआधुनिकता सँगै हरेक चिजको स्वरुप परिवर्तन भईरहेको छ । यो भनिरहदा मान्छेको स्वरुप चाहिँ फेरीएको छैन मात्र मान्छेको एउटा मष्तिष्कमा भ्रम मात्र छरिरहेको छ । म  यो कुरामा सहमत छु की मान्छेको कार्यशैलीमा केहि सहजता ल्याएकै होला तर सहजा भन्दा बढी असहजता ल्याएको छ जुन कुरा हामी मानिसहरुले कहिल्यै ख्याल गरी रहेको छैनौ । हाल विश्वभर फैलिरहेको कोभिड-१९ ले विश्वभरलाई नै दिईरहेको  चुनौति जुन यो एउटा गतिलो उदाहरण बन्न सक्छ की हामी हाम्रो जिवनलाई आधुनिकता सँगै आधुनिक चुनौतीहरु पनि सँगै भित्र्याईरहेका छौ । अझ भनौ की आधुनिकता सँगै मान्छेको मन र मष्तिष्कमा राक्षसरुपी परिवर्तन आएको छ , पहिला आधुनिकता नभित्रता मान्छेको मन पनि प्रकृति जस्तै कति स्वच्छ, शान्त , अुनशासित र कर्तव्यनिष्ठ थियो एक ले अर्को माथि गर्ने विश्वास ढुङ्गा र माटोको जस्तो थियो । तर आज भोलि कसैले कसैमाथि विश्वास र भरोसा गर्ने आधार नै छैन । यसो भनिरहदा मलाई धेरै ले सोध्नुहोला यो त ढुङ्गे युगमा फर्कन चाहाने  मान्छे रहेछ । हो  म त्यहि ढुङ्गे युगको कुरा गर्दै छु तर म आधुनिकताको विरोधि भने पटक्कै होईन मात्र त्यो युगको मानवतमा भएको भरोसा र विश्वास र निश्चचल मनको कुरा गर्दै छु ।  के तपाईहरुलाई लाग्दैन हरेक दिन नया नया भईरहेको आविष्कार र विज्ञानले पाईरहेको सफलता ले हाम्रो दैनिकीमा सहजता आउनु पर्ने होईन र ? तपाईको घर नजिक अस्पताल नहुदा र तपाई सामान्य ज्वरो आउदा तपाई कति दिनमा  ठीक हुनुहुन्थ्यो र कुन विधिको प्रयोगले तपाई ठीक हुनुहुन्थ्यो ? अस्तपतालको स्थापना र विकासले त बिरामीको सङ्ख्या दिनहु दिन घट्नु पर्ने होईन र ? बिरामीको सङ्ख्या त शुन्यमा झर्नु पर्ने होईन र ? तर किन झन दिनहु बिरामीको सङ्ख्या बढिरहेको छ सँगै अस्पतालको सङ्ख्या पनि ? प्रश्नवाचक चिह्न यहि यसरी खडा भएको छ कि आधुनिकताको नाममा विकास भन्दा बढी  विनास भित्र्याएको छ ।  आधुनिकताको नाममा सस्तो प्रविधिको विकास र सस्तो तरिकाले कमाउन खोजेको नाम सँगै हराएको मानवताको परिणाम हो यो । जतिन्जेल यो सस्तो आधुनिकताको फोहोरी खेल यो ब्रहमाण्डमा चलिरहन्छ तबसम्म मानवले विकासको नाममा दिनहुँ मानव जातिको अस्तित्व मेटाउदै गईरहन्छ र अन्यत्यमा डाईनास्वरको युग स्वर्णिम अक्षरमा हैन वास्तविकतामा परिवर्तन हुन्छ । अन्यत्यमा  सत्य ढुङ्गे जेजे युगमा भनेपनि त्यो समयमा  मानिसको मन  जति सफा र कन्चन थियो र पो त मानवता हराएको थिएन फलस्वरुप कुनै त्यस्ता मानव जातिको अस्तित्व मेटाउने कुनै पनि किसिको विनासकारी चिजको उत्पन्न भएन । त्यसकारण बदलिदो विकास र आधुनिकता सँगै हाम्रो मानव जातिको मन र मानवता पनि सकरात्मक ढङ्गबाट परिवर्तन हुन जरुरी छ । ताकी मानव जातिको अस्तित्व सधैभरका लागि अमर जस्तै बनाई राख्न सकुँ । -धन्यावाद । चन्द्र
                   

                                                                                                                                    चन्द्र

2 Comments

राम्रो छ भाइ!
एतिको प्रगती गूड कान्छा

"Education: The Most Powerful Weapon for Change"

"Education is more than just acquiring knowledge; it’s a powerful tool that can shape our future. It opens doors, empowers individuals, and drives positive change in the world. With education, we hold the key to unlocking potential and creating a brighter, more equitable society."