"शैक्षिक अध्ययनको क्रममा छोराछोरीलाई विदेश पठाउनु अभिभावको लागि अभिशाप कि वरदान"

उसलाई बाँचेकोमा भन्दा नमरेकोमा आफ्नो जिन्दगीलाई धिक्कारीरहेकी थिई


सपना भईदिए पनि हुन्थ्यो जस्तो लाग्छ उसलाई तर यो सपना होईन विपना नै हो । वरपर उसको साथीहरु निन्याउरो मुख लगाएर बसिरहेको छ कोही कसैको मुखबाट सहानुभूति दिन सक्ने शब्द समेत निस्कीरहेको छैन, मात्र लासलाई टुलुटुलु  हेरेर वसिरहे झै गरी उसलाई हेरीरहेको छ । उसको शरिर असाध्यै दुखीरहेको छ, शरिर कोल्टे फेर्न पनि कसैको साहाराको जरुरत छ । शरीरको धेरै भागमा नङले चिथोरिएका डामहरु छन् । कुनै भागमा रगतका टाटाहरु अझै छन् नहोस् पनि कसरी रगतको आहालमा डुबेर आएकी ऊ । नरपिचासहरुले रगतको आहाल हुदा समेत छोडेन लुछिरहे टोकीरहे निर्दयी बनेर आफ्नो शरीरको गतिलाई दौडाईरहे दौडाउन सक्ने बल झिकेर । उसले न्वारनको बल झिकेर चिच्याई, कराई, त्यसो नगर्न अनेक अनुयायी गरी, जालीहरुको पन्जाबाट छुट्न शरीर भित्रको पुरा बल लगाई तर नत नरपिचासहरुको पन्जाबाट उम्कन सकी नत उसको चिच्यावाट कसैले नै सुन्यो ? नरपिचासहरुको सामु निरिह बनेर आफ्नो शरीर सुम्पिनु भन्दा अरु कुनै उपाय थिएन उसँग । पिडा सहदा सहदा नसकेर ऊ बेहोस् भई जति बेला होसमा आई होसमा आउदा उनी हस्पिटलको ईमरजेन्सी वाडको बेडमा थिई जिउदो शरीर पनि मरेको लास जत्तिकै भएर

  

 उनी घरबाट जापान आएकी मात्र ३ महिना जति भएको थियो । भर्खर भर्खर काम गर्न थालेकी थिई । तिन महिना सम्म गुजारा चलाउन साथीहरुको सहयोगले समेत नपुगेर घरबाट थप रकम मगाएर आफ्नो दैनिकी चलाएकी थिई । उता छोरी जापान गएकी छे भनेर घरमा आमा बुबा आफनन्तहरुमा कति धेरै खुशीयाली छाएको थियो । गाउँलेहरुले पनि भन्न थालेका थिए की अब डाडाँघरे माईलाका दिन पनि फिर्ने भए भनेर । माईलालाई पनि त्यस्तो नलागेको होईन धेरै आशाका लड्डुहरु त कति खाईसकेका थिए मनमनै, भने कति मनमा नै साक्षी राखीरहेका थिए । गाउँका अरुका धेरै छोराछोरीहरु जापान अस्ट्रेलिया कोरिया लगायतका मुलुकमा गएको कुरा माईलालाई अवगत नभएको पनि होईन, कतिका छोराछोरी अलपत्र परेका छन्, कति फर्केर आएका छन् सँगै ऋणको भारी बोकेर कति त बाकसमा आएका छन्, कतिको त अत्तो पत्तो नै छैन भन्ने कुरा पनि थाहा नभएको हैन मात्र पल्ला घरे साईलाको छोराले ५ बर्षमा कमाएको ६० लाख देखेर छोरीलाई जबरजस्ती जापान पठाएका थिए। घर जग्गा बैंकमा बन्धकी राखेर बाकी साहुसँग चर्को ब्याज काटेर । हरेक दिन उसलाई भित्र भित्रै साहुको ऋण र बैकमा बन्धकी भएको घर जग्गा सम्झेर विस्तारै रातमा निन्द्रा हराउन थालिसकेको थियो ।

 

यता छोरी बाँचेर पनि मरे सरह जस्तै थिई । उसलाई बाँचेकोमा भन्दा नमरेकोमा आफ्नो जिन्दगीलाई धिक्कारीरहेकी थिई । जब जब अलि उ पुरा होसमा आउदै थिई तब तब ऊ झन् गल्दै गएकी थिई । घरबाट फोन आईरहेको थियो ऊ फोन उठाएर उसको हालतको बारेमा वृतान्त बताउने अवस्थामा थिईन। उसलाई सुनाउन मन त कहाँ नलागेको हो र ? आमाको काखमा घोप्टो परेर डाको छाडेर रुदै आमा यी नरपिचासहरुले मेरो ईज्जत लुट्यो भनेर भन्न । यी कुरा सम्झिदा झन् उसको मन भक्कानिन्छ, भक्कानो छोडेर रुन खोज्छे तर त्यसो गर्दा घाउ झन् चर्किने हुनाले आखाँबाट आँसु तररर चुहाउछिन् । उ एकोहोरो भईसकेको थियो घटना घर परिवार ऋण सम्झेर । छेउमा बस्ने साथीहरुले विस्तारै सान्तवना दिन थालेका थिए तर उसले केहि सुनिरहेको थिईन मात्र नरपिचासहरुले गरेको त्यो अमानविय कार्य मात्र आखैमा झलझल्ली आईरेहेको थियो। समय वित्दै थियो समय सगै उसको लाचार जिन्दगी पनि । कुन रात कुन दिन उसलाई सबै एउटै लाग्न थालेको थियो ।

 

घटना घटे पश्चात उनका साथीहरुले सम्बन्धित निकाय तथा नेपाली दुतावासमा जानकारी नगराएका पनि होईनन् आखिर विदेशको भुमि न पर्यो जति नै यथेस्ट प्रमाण भएपनि सम्बन्धित निकाय तथा दुतावासले वेवास्ता गरेसी कसको के नै लाग्छ र ? अन्त्यमा जे नहुन थियो त्यो भएर नै छाड्यो । एउटा सोसाईट नोट लेखेर ऊ यो संसारबाट विदा भईन् ।

 

 

(बाँकी भाग २ मा पुरा गर्ने छु………………………………………….)

 

1 Comments

"Education: The Most Powerful Weapon for Change"

"Education is more than just acquiring knowledge; it’s a powerful tool that can shape our future. It opens doors, empowers individuals, and drives positive change in the world. With education, we hold the key to unlocking potential and creating a brighter, more equitable society."